१४ बैशाख २०८१, शुक्रबार

यस्ता छन् तरकारीका विविध फाइदाहरू, जानी राखौ


तरकारी

हाम्रो करेसाबारी, कौशीमा उत्पादन गर्न सकिने भेण्टा, लौका, मुला, शलगम, पत्ता गोभी, फूल गोभीको बारेमा जानकारी पस्कन गइरहेको छु । हामीले करेसा बारिमा उत्पादन गरेका तरकारीलाई औषधिको रूपमा प्रयोग गरेर थुप्रै लाभ लिन सक्नेछौं । आज मानव विषादी तरकारी खान बाध्य भएका छन् ।

यदि हामीले आफै विषादीरहित तरकारी उत्पादन गर्न सक्छौ भने सिंगो परिवारलाई रोगको दलदलबाट बचाउन सक्नेछौं । परिवार स्वस्थ भए समाज स्वस्थ हुन्छ । समाज स्वस्थ भए सिंगो राष्ट्र स्वस्थ हुन सक्छ । गर्ने भन्दा गराउने भलो भन्ने उखान हामीले सुनिरहेका हुन्छौं तर व्यवहारमा भने लागु गर्न सकिरहेका छैनौं ।

नेपाल एउटा कृषि प्रधान देश हो तर यहाँ कृषि उत्पादन त्यति सफल देखिएको छैन । हरेक तरकारी छिमेकी देशबाट आइरहेको देखिन्छ । सियोदेखि धागो सवै छिमेकी देशबाट आइरहेको छ । काम गर्ने मान्छेलाई जिम्मेबार जबसम्म दिन सकिदैन तबसम्म उस्ले केहि गर्न सक्दैन ।

आवस्यकताले मान्छेलाई काम गर्न बाध्य बनाउदछ । चाहे जे होस् सक्षम राजनीति दल नहुनाले देशको स्तरमा सुधार हुन सकेको छैन । आउनुस् विविध तरकारीका फाइदाबारे जानौं ।

१. जण्डिसमा मुलाको प्रयोग

मुलाको पात ल्याउनुस् थिचेर रस निकाल्नुस एक माना रसमा ४ चमच जति खस्रो या मोटो चिनि मिलाएर पिउनुस् या पिउन दिनुस् केहि दिनमा जण्डिस समाप्त हुन्छ । यो अनुभव गरेको सफल औषधि हो। ठिक नहुँदासम्म सेवन गराउन सकिनेछ ।

२. ब्लड शुगरमा मुलाको प्रयोग

ब्लड शुगरका रोगीलाई नियमित मुलाको सेवन गराउनाले राम्रो फाइदा हुन्छ । नियमित सलादको रूपमा मुला खान दिनाले पाचनतन्त्र सवल हुन गई शुगर लेबल घट्न गई यो रोगमा राम्रो सुधार हुन थाल्नेछ ।

३. ल्युकोडर्मामा अदुवा र मुलाको प्रयोग

मुलामा डिटाक्सिफिकेशन एण्ड एन्टी कार्सनोजिनिक गुणले गर्दा यसको प्रयोग ल्युकोडर्मा सेतो कुष्ट रोगमा राम्रो फाइदा गर्दछ । यस्ता रोगमा मुलाको बिउलाई पाउडर बनाउने र त्यो पाउडर गौमुत्र या अदुवाको रसमा मिलायर लगाउने सेतो दाग क्रमस हराउदै जान्छ ।

४. जण्डिस रोगमा मुलाको प्रयोग

मुला नियमित सेवन गर्ने गर्दा ब्लडमा हुने बिलुरुबिनलाई फाल्ने काम गर्दछ । रगतमा रातो रक्त कोशिका नष्ट हुनबाट समेत रोक्दछ । जण्डिस भएका हरूले नियमित एउटा मुला खाने गर्नु होला । यो सजिलो औषधि नखाइ जण्डिस निको बनाउन सफल उपचारको रूपमा लिइएको छ ।

५. कब्जीयतमा मुलाको प्रयोग

मुलाको सलादको सेवन नियमित गर्नाले कब्जीयत हटाउदछ । मानिसको सत्त्रु भनेकै कब्जीयत हो नाना थरिका रोग यसले निम्ताउदछ । कब्जीयत कै कारण हुने पाइल्स मुलाको सेवनबाट ठिक हुदै जान्छ ।

६. मुलाको प्रयोगबाट प्रतिरक्षा प्रणालीमा राम्रो सुधार हुने छ मुलाको सेवन गरौं

मुलाको सेवन नित्य गर्नेहरुको प्रतिरक्षा प्रणालीमा राम्रो सुधार हुदै जानेछ । मुलामा भिटामिन-सी पाइने हुनाले तपाइको शरीरलाई विविध रोगको आक्रमणबाट समेत रोक्न सक्ने छ ।

७. क्यान्सरमा मुलाको प्रयोग

मुलामा भिटामिन-सी, फोलिक एसिड र एथोसाइनिन पनि पाइने हुनाले क्यान्सर रोगमा समेत राम्रो फाइदा गर्दछ ।

८. पेटको रोगमा शलगमको प्रयोग

पाचन प्रक्रियामा शलगमको उपयोग लाभदायक छ । यसमा हुने फाइबरले पेटसम्बन्धि समस्या हल गर्दछ । एसिडिटी, अपच जस्ता समस्या हराएर जान थाल्नेछ ।

९. आँखाको ज्वति बढाउन शलगमको प्रयोग

शलगममा पाइने भिटामिन-ए ले आँखाको ज्वती बढाउन मद्दत गर्दछ । यसको नियमित सेवनले आँखामा देखिने अन्य समस्या आँखा कम देखिनु,चिलाउनु, पानी बग्नु जस्ता समस्या हल हुनेछ ।

१०. शूगरको रोगमा शलगमको प्रयोग

डायबिटीजका रोगीको खानामा शलगमको उपयोग गर्नाले राम्रो फाइदा हुने देखिएको छ । शलगममा चिनीको मात्रा कम हुनाले शुगर लेवल कम गर्न मद्दत गर्दछ ।

११. शुगरको रोगमा पत्ता गोभीको प्रयोग

मधुमेहका रोगीले नियमित पत्ता गोभीको सलाद खानाले राम्रो फाइदा देखिएको छ । पत्ता गोभीमा एंटीहाइपरग्लिसेमिक इफेक्ट देखिएकाले ब्लड सुगर घटाउन यस्ले मद्दत गर्दछ । यसले मधुमेहको समस्या हल हुने अनुमान गरिएको छ ।

हामीले केही शुगरका रोगीलाई काचो पत्ता गोभीको सेवन गर्ने सल्लाह दिएका थियौं औषधि सेवन गर्दा त्यति शुगर लेवल कम भएको थिएन तर पत्ता गोभी सेवन गराउदा घटेको थियो ।

१२. पेटको अल्सरमा पत्ता गोभीको प्रयोग

आजकाल अधिकांश घरमा पेटका अल्सर भएका केस हामीले भेट्न सक्छौं । पेटका रोगीले पत्ता गोभीको सलादको सेवन गर्नाले केहि राहत दिने देखिएको छ । नियमित पत्ता गोभीको सेवनले पेट सफा हुने हुनाले अल्सरको रोगमा समेत फाइदा हुने गरेको अनुमान गरिएको छ ।

पत्ता गोभी काँचो खानेहरूलाई अल्सरको रोग लाग्ने सम्भावना धेरै कम देखिएको छ । पत्ता गोभीको सेवन नियमित गर्ने हरूमा वैज्ञानिक शोध अनुसार एंटिपेप्टिक अल्सर हुने सम्मभावना कम पाइएको छ ।

१३. ठाउँबाट झर्ने बाल लौकाको पातले ठिक गर्छ

लौकाको पातको रस कपालमा लगाउनाले हेयर फल रोकिन्छ । ठाउँ-ठाउँबाट बाल उढ्ने समस्या देखिएमा नियमित पातको रस दल्नाले बाल उम्रन थाल्नेछ ।

१४. क्यान्सरको प्रभाव यसले कम गराउदछ

भेण्टामा पाइने एंथोसायनिले क्यानसरका कोशिकाको प्रभाव कम गर्ने कुरा विशेषज्ञहरूले बताएका छन् । क्यान्सर पिडितले भेण्टा खानु राम्रो मानिएको छ ।

१५. अत्यधिक रक्तस्राब भइरहनेले भिंडी खाने गरौं

भिंडीमा पाइने भिटामिन-के ले रक्तस्रावलाई समेत रोक्न ठूलो मद्दत गर्ने भएको छ । औषधि सेवन गर्दा भिंडीको प्रयोगले राम्रो फाइदा दिनेछ ।

१६. यौन रोगमा भिंडिको प्रयोग

पुरूष, महिलाको यौन रोग सिफलिस गोनोरियाका कारण हुने समस्यामा यसले राम्रो फाइदा गर्दछ । यसका लागि भिंडीको जरालाइ थिचेर थोरै पानी मिलाएर खान दिनाले राम्रो फाइदा देखिएको छ ।

१७. कब्जीयतमा भेण्टाको प्रयोग

मानिसको सवैभन्दा ठूलो शत्रु भनेको कब्जीयत हो । यदि यो रोग लागेमा नानाथरीका रोग हामीलाई लाग्ने गरेको हुन्छ । भिंडि फाइबरको राम्रो स्रोत मानिएको छ । त्यसैले भिंडी हाम्रो खानामा बढी प्रयोग गरौं ।

१८. फूलगोभीले कोलेस्ट्रोल कम गर्दछ

फूलगोभी नियमित सेवन गर्नाले कोलेस्ट्रॉल नियन्त्रण गर्दछ । वैज्ञानिक अध्यन अनुसार गोभीमा हाइपोकोलेस्टेरालिक (कोलेस्ट्रोल ) कम गर्ने प्रभाव यसमा पाइएको छ भनेका छन् । त्यसैले फूलगोभी भान्सामा समावेश गरौं ।

१९. मस्तिष्कलाई फूलगोभीले राम्रो फाइदा गर्दछ

ब्रेन फंक्शनलाई फूलगोभीले बूस्ट गराउदछ । फूल गोभीमा कोलिनको राम्रो स्रोत मानिएको छ । मस्तिष्कमा राम्रो प्रभाव पार्दछ । मस्तिष्कमा कोलिनको अहम भुमिका हुने गरेको छ । भुल्ने बानी, मस्तिष्कको विकास र न्योरोट्रांन्समीटर सिस्टम लाई सहि राख्न राम्रो भुमिका फूलगोभीले खेल्ने गरेकाले यसको सेवन नियमित गर्नुपर्छ भन्ने हाम्रो परामर्श छ ।

२०. मोटोपन र सुगर लेवल कम गर्छ

फूलगोभीमा फाइबरको मात्रा बढी हुने हुनाले शरीरमा फ्याट बढ्न बाट रोक्दछ । अर्को रोचक जानकारी फूलगोभीमा ग्लाइसेमिक लोड (GL) कम हुने हुनाले शरीरमा सुगर लेवल बढ्नबाट यसले रोक्ने काम पनि गर्दछ ।

एउटा अध्ययन पाइएको छ की उच्च फाइबर कम ग्लाइसेमिक लोड भएका सागसब्जीको सेवनले मोटो पन कम हुनुको साथै सुगर नियन्त्रणमा राम्रो भूमिका खेल्न सक्ने देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !