१४ बैशाख २०८१, शुक्रबार

उत्तर सिरानी लगाएर किन नसुत्ने ?


उत्तर सिरानी

धेरै व्यक्तिहरूको कुरा सुन्दा उत्तर सिरानी गर्नु हानी भनेको छ । धर्मशास्त्रमा उत्तरमा भगवानको बास हुने उल्लेख गरेको पाइन्छ । म उत्तर सिरानी गरेर सुत्न थालेको करिब ४५ बर्ष भइसकेको तर आज सम्म स्वस्थ छु ।

हामीले एउटा कुरा हमेसा याद राखौ की सिरानी कता राख्दा ठिक हुन्छभन्ने कुरा जान्न आवश्यक छ । स्वास्थ्यका दृष्टिकोणले पूर्व र उत्तर सिरानी राख्दा यसका फाइदाहरू धेरै पाउन सक्छौं । उत्तरी धुर्ब र दक्षिणी धुर्ब दुई दिशामा चुम्बक सक्रिय रहेको हुन्छ ।

यिनै दुबै दिशामा सुत्दा हामीले हमेसा उत्तरी धुर्बलाई विषेश ध्यान दिनुपर्छ । चुम्बक नेगेटिभ र पोजेटिभ हुने गर्दछ । यदि हामी नेगेटिभतर्फ सिरानी गर्छौं भने त्यसको असर बढी हुन सक्छ । नाना थरीका रोगहरू लाग्ने सम्भावना बढ्न सक्छ । तर उत्तर सिरानी गर्दा हामीलाई चुम्बकले गर्दा थुप्रै रोगहरूबाट बचाउन सक्छ ।

हरेक कुराको खण्डन गर्ने हाम्रो बानी छ के राम्रो के नराम्रो भन्ने वैज्ञानिक आधार खोज्ने गरेका हुन्छौं । तर हामीले खाने हरेक खानालाई भने नजर अन्दाज गर्ने गरेका हुन्छौं । खाने बेलामा के खाने के नखाने भन्ने कुरा महत्वपूर्ण हुने गरेको हुन्छ । पानी कम खाने गर्दा स्वास्थ्यमा सवैभन्दा ठूलो असर गरेको हुन्छ तर जान्दा जान्दै हामी पानी कम खाने गरेका हुन्छौं ।

रूघा लागेको बेला होस् या नसाहरू दुख्ने गर्दा होस् या खोकी लाग्दा किन नहोस् दहि खानु हुदैन यसै गरी हामीले खाने बेलामा वैज्ञानिक आधार खोज्ने गर्दा विविध रोग लाग्नबाट आफुलाई बचाउन सक्ने छौं ।

पूर्व सिरानी गर्दा पनि हामीलाई फाइदा छ । उदाहरणका लागी पेटलाई उत्तर दिशामा गर्दा पेटको रोग निको हुन सक्छ । रोगको उपचारमा चुम्बकको ठूलो भूमिका देखिएको छ । चुम्बकबारे प्रयाप्त जानकारी नहुनाले पनि शायद यस्तो भएको हुन सक्छ ।

पोजीटिभ र नेगेटिभ चुम्बक बारे जानकारी प्राप्त गरेर आफ्नो स्वास्थ्य उपचार गर्ने बानी बसाल्दा राम्रो हुन्छ । यो पृथ्वी यिनै चुम्बकको माध्यमबाट अडिएको छ । स्वास्थ्य शिक्षा हरेकले जानेको हुनुपर्छ र मात्र हामी स्वस्थ रहन सक्छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !