१४ बैशाख २०८१, शुक्रबार

बहुउपयोगी तोरीको साग खानुका यस्ता छन् फाइदाहरु


तोरीको साग

स्वास्थ्यका दृष्टिकोणले तोरीको साग खानु लाभदायक छ । कतिपयले तोरीको साग खाँदा रूघा लाग्ने जस्ता समस्या देखिन्छ भने पनि यो उपयोगी साग अन्तर्गत पर्दछ । सवैभन्दा बढी तोरीको सिजनमा यो खाने चलन छ । आजको लेखमा यसका फाइदाबारे प्रकाश पार्नेछौं । हामीले खाने सागमध्ये तोरीको साग पनि एक हो ।

तोरीको सागले हामीले सोचेँ भन्दा निकै बढी फाइदा गर्ने एक अध्ययनले देखाएको छ । धेरै मात्रामा खनिज र भिटामिन हुने भएकाले यो साग खानु फाइदा हुनेछ । यो सागमा थोरै मात्र क्यालोरी हुन्छ । नियमित रुपमा तोरीको साग खाँदा शरीरमा पोषणको मात्रा बढाउँछ । समय-समयमा हामीले तोरीको साग खाने बानी बसाल्नु पर्दछ ।

तोरीको साग खानाले क्यान्सरको जोखिम कम गर्छ । तोरीको सागमा एन्टिअक्सिडियन्ट तत्व बढी हुन्छ । जसले क्यान्सरको जोखिम कम गर्न सघाउ पुराउदछ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयमा हुने क्यान्सरको जोखिमलाई समेत कम गर्दछ ।

मुटु स्वस्थ राख्न तोरीको सागको सहयोग गर्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रा घटाउनुको साथै फोलिक एसिडको मात्रा बढाउँछ । तोरीको सागमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुने गरेको छ ।

तोरीको सागमा भिटामिन के, भिटामिन ए, भिटामिन सी र ई प्रशस्त पाइने हुनाले मानव स्वास्थ्यमा राम्रो भुमिका यसले खेल्ने गरेको हुन्छ । भिटामिन ई र सी ले कोषलाई क्षति गर्ने अणुहरुलाई नष्ट गर्न सहयोग पुर्याउँछ ।

पाचन क्रियामा सहयोगी यो साग पोषणयुक्त फाईबरको मुख्य स्रोत पनि हो । यसले मलाशयलाई राम्रो गर्छ, मेटाबोलिजमलाई व्यवस्थापन गर्छ र पाचन प्रणालीलाई समेत सहयोग गर्छ । हरियो सागका फाइदा अनगिन्ती छन् तर हाम्रो भान्सामा प्राय: हरियो सागसब्जी कम पाक्ने गरेको हुन्छ ।

हरियो साग खाने बृद्धहरूको आयुमा समेत यस्ले फरक पार्ने काम गर्दछ । महिनावारी हुँदा देखिने कमजोरी हटाउदछ । तेरीको साग क्याल्सियम र पोटासियमको महत्वपूर्ण स्रोत हो । यो सागले हड्डीसँग सम्बन्धित प्राय: सबै समस्याबाट मुक्ति दिलाउँछ । हरियो साग नियमित सेवन गरौं भन्ने हाम्रो राय छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !