१५ बैशाख २०८१, शनिबार

यस्तो छ बलिउड अभिनेत्री करीना कपूरको पीडा


एजेन्सी, बलिउड अभिनेत्री करीना कपूरले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा अभिनेताको जति नै पारिश्रमिक आफूलाई पनि दिन माग गरेकी छिन् । कपूरले अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिनुभन्दा पनि बराबर दिनुपर्ने कुराको वकालत गरेकी छिन् ।

उनी थुप्रै फिल्मबाट बाहिरिएको कारण पनि कम पारिश्रमिक नै हो त भन्ने प्रश्नको जवाफमा भने उनले फरक–फरक फिल्मबाट बाहिरिनुको फरक–फरक कारण भएपनि फिल्ममा काम गर्ने नायक नायिका दुवैलाई बराबर पारिश्रमिक मिल्नु खुशीको कुरा भएको उल्लेख गरिन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !