१८ बैशाख २०८१, मंगलबार

भारतीय अभिनेता दयालको निधन


अमिताभ दयाल

मुम्बई । भारतीय अभिनेता अमिताभ दयालको हृदयाघातका कारण निधन भएको छ । ६१ वर्षका अभिनेता दयालको बुधबार बिहान निधन भएको हो ।

दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् । उनको अन्तिम संस्कार मुम्बईमा गरिनेछ । छत्तीसगढको बिलासपुरमा जन्मिएका अमिताभले २००० मा मराठी निर्देशकसमेत रहेकी मृणालिन्नीसँग विवाह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !