२० बैशाख २०८१, बिहिबार

बाजुरामा प्रतिनिधिसभातर्फ कांग्रेसका पाण्डेको अग्रता कायमै


बद्रीप्रसाद पाण्डे र कर्णबहादुर थापा

बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत प्राप्त गरेका छन् । यहाँ कुल ६० हजार एक सय ५२ जनाले मतदान गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले दुई हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले नौ सय ६२ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले दुई हजार तीन सय ८१ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले दुई हजार चार सय ५५ मत प्राप्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !