१५ बैशाख २०८१, शनिबार

दरवार हत्याकाण्डकाे सत्र वर्ष पूरा, हत्याकाण्ड रहस्यमै सीमित


Editorial

नेपालपत्र, १९ जेठ २०७५ । नेपालकाे इतिहासमा २०५८ साल जेठ १९ गते कालाे दिनकाे रूपमा परिचित बन्न पुगेकाे छ । राजाकै हैसियतमा रहेकाे र उच्च सुरक्षाघेरामै हुँदासमेत तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहकाे दरवार भित्रै हत्या भयाे । त्याे हत्यामा राजा वीरेन्द्रसहित रानी एेश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिकाे हत्यासँगै राजपरिवारकाे सम्पूर्ण वंश नाश भयाे। दाजुकाे पुरै परिवारकाे अवसानपछि राजा बनेका ज्ञानेन्द्र वीर विक्रम शाहलेसमेत अायाेग बनाएर छानविन गर्न वाहेक केहि प्रगति हुन सकेन । एउटा पुरै वंश नाशहुँदासमेत तत्कालीन सरकार र राजाले निश्पक्ष छानविन गर्न सकेनन् । बरू एउटा अपत्यारिलाे प्रतिवेदनमै सबैकाे अाँखा छल्ने काम भयाे । तर यही दरवार हत्याकाण्ड नै नेपालमा गणतन्त्र ल्याउने अाधारसमेत बन्न पुग्याे । वीरेन्द्रकाे हत्या एउटा ईतिहास मात्र बनेकाे छैन, सधैं रहस्यमै रहने एउटा घटनाकाे रूपमा चित्रित हुन पुगेकाे छ । यसरी उच्च सुरक्षामै रहेकाे र त्यसमाथि अाफ्नै निवासमै हत्या हुँदासमेत घटनाकाे वास्तविकता पत्ता लाग्न नसक्नु नेपाल र नेपालीकै लज्जाकाे विषय हाे ।

जेठ १९ मा भएकाे राजा वीरेन्द्रकाे वंशनाशकाे घटनामा युवराज दिपेन्द्रलाई दाेषी देखाएर घटना गाेप्य नै राख्ने प्रयास मात्र भएन, घटनास्थल र त्यहाँकाे अवशेष अहिले मेटाइसकेकाे अवस्था छ। मेहेन्द्र मञ्जीलकाे भवन भत्काइनु र अन्य प्रमाण केही नरहनु पनि याे घटना रहस्यमय भएकाे संकेत गर्दछ । दिपेन्द्रले दरवार हत्या गरेकाे अाराेप लगाइयाे तर यदि प्रतिवेदनमा भनेझैं अावेशमा अाएर दिपेन्द्रले उक्त घटना घटाएकाे भए किन अाफ्नाे पनि हत्या गर्ने थिए ? अाफ्नाे अवराेध हटाइसकेपछि उनले अात्महत्या गर्न अावश्यक थिएन । त्यस‌ैले प्रतिवेदन विश्वास गर्न सकिने अवस्थाकाे थिएन ।

इतिहासमै सीमित बन्न पुगेकाे दरवार हत्याकाण्डजस्ता घटना नेपालमा धेरै भएका छन्, मदन भण्डारीकाे जिप दुर्घटना अर्काे रहस्यमय घटना थियाे जसकाे सत्यतथ्य अाजसम्म पत्ता लाग्न सकेन । तर प्रत्येक यस्ता घटनापछि राजनैतिक परिवर्तन अाएकाे वा अाउने वातावरण सिर्जना भएकाे पाइन्छ । यस्ताे अवस्थाले झन घटनालाई सार्वजनिक गर्नेभन्दा रहस्यमय बनाउन नै भूमिका खेलेकाे पाइन्छ ।

तत्कालीन माअाेवादीले दरवार हत्याकाण्डपछि नेपाल गणतन्त्रमा प्रवेश गरिसकेकाे अभिव्यक्त दिनु र अन्त्यमा गणतन्त्र अाउनु संयाेगमात्र भन्न सकिँदैन । एउटा घटनाकाे कारण वा सम्बन्ध अर्काे घटनाक्रमसँग कतै जाेडिएकाे देख्न इतिहासका पानाले सहयाेग गरेकाे छ । दरवारहत्या काण्ड त्यसैले पनि रहस्यमय थियाे र हालसम्म पनि रहस्यमय नै छ र भविष्यमा पनि रहस्यमै सीमित रहने पक्का छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !