२५ बैशाख २०८१, मंगलबार

जेष्ठ नागरिकलाई दिइने बृद्धभत्ता बढाएर ४ हजार पुर्याइयो

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि


ज्येष्ठ नागरिक भत्ता

काठमाडौँ । नेपाल सरकारले जेष्ठ नागरिकलाई दिइने मासिक बृद्धभत्ता ३ हजारवाट १ हजार बढाएर ४ हजार पुर्याइएको छ । नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयवाट अध्यादेशमार्फत सरकारले ल्याएको बजेट सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् ।

यसअघि जेष्ठ नागरिकलाई दिइने मासिक बृद्धभत्ता ३ हजार थियो । सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको पौडेलले जानकारी दिंदै सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको बताए ।

सरकारले वृद्धभत्ता लगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गरेका हुन् ।

हाल ज्येष्ठ नागरिक भत्ता मासिक ३ हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक ५ हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !