अनन्त घिमिरेलाई सीईओमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश Nepalpatra अनन्त घिमिरेलाई सीईओमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
११ माघ २०७८, मंगलबार

अनन्त घिमिरेलाई सीईओमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालत

दाङ । सर्वोच्च अदालतले अनन्त घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गरिएको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले घिमिरेलाई सीईओ पदमा नियुक्त नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका तत्कालीन सीईओ ध्रुव मजगैयाँले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै प्रदेश सरकारले घिमिरेलाई नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएपछि सुनुवाइको मौका नदिएको र निर्णयको जानकारी पनि नगराएको भन्दै निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले भनेको छ ।

 सर्वोच्चको आदेश

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !