७ बैशाख २०८१, शुक्रबार

अनन्त घिमिरेलाई सीईओमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालत

दाङ । सर्वोच्च अदालतले अनन्त घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा गरिएको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले घिमिरेलाई सीईओ पदमा नियुक्त नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका तत्कालीन सीईओ ध्रुव मजगैयाँले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै प्रदेश सरकारले घिमिरेलाई नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएपछि सुनुवाइको मौका नदिएको र निर्णयको जानकारी पनि नगराएको भन्दै निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले भनेको छ ।

 सर्वोच्चको आदेश

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !