२६ बैशाख २०८१, बुधबार

बराहपोखरी गाउँपालिका वडा २ को अध्यक्षमा पदम मगरले गरे उम्मेदवारी दर्ता


पदम मगर

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा पदम मगरले उम्मेदवारी दिएका छन् । पदम मगरले गठवन्धनबाट उम्मेदवारी दिएका हुन् ।

गठबन्धनको सहमति अनुसार वडा नम्बर २ माओबादी केन्द्रको भागमा पारेक एक नेताले जानकारी दिए । मगरले माओबादीबाट उम्मेदवारी दिएका हुन् ।

कांग्रेसबाट हालका वडा अध्यक्ष अम्बर बहादुर आले मगरले पनि उम्मेदवारी दिने तयारी गरेका थिए । तर गठबन्धन अनुसार माओबादीको भागमा परेपछि उनले उम्मेदरारी नदिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !