१४ बैशाख २०८१, शुक्रबार

सभामुख र उपसभामुख नभएको खण्डमा अध्यक्षता गर्न ५ सांसद मनोनित


कर्णाली प्रदेशसभा

सुर्खेत । कर्णाली प्रदेशसभाले प्रदेशसभाको अध्यक्षता गर्न ५ सांसद मनोनित गरेको छ ।

प्रदेशसभा सचिवालयकाअनुसार सभामुख र उपसभामुख नभएको खण्डमा बैठकको अध्यक्षता गर्नका लागि सांसद दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनसिंह रखाल, रातो कामी र सोशीला शाहीलाई मनोनित गरिएको छ ।

प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार उनीहरुलाई मनोनित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !