२० बैशाख २०८१, बिहिबार

कांग्रेसका नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण


सपथ ग्रहण

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्री यज्ञबहादुर जिसीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले श्रेष्ठ र बिसीलाई मन्त्री सिफारिस गरेपछि मन्त्रिपरिषद् विस्तारको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार बेलुका उहाँहरूलाई नियुक्त गर्नुभएको थियो ।

काँग्रेसबाट सरकारमा सहभागी ऊर्जा विकासमन्त्री श्रेष्ठ जुम्ला र सामाजिक विकासमन्त्री बिसी सुर्खेत निवासी हुनुहुन्छ ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बनाएको छ भने यस अघि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जोडिएको युवा तथा खेलकुद पुनः सामाजिक मन्त्रालयमै फिर्ता गरेको छ । मन्त्रीद्वयले आजै पदभार ग्रहण गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !