२५ बैशाख २०८१, मंगलबार

लमजुङमा घरमा आगलागी हुँदा दम्पतीको मृत्यु


फुङलिङमा आगलागी फाइल फोटो

लम्जुङ । लमजुङमा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । स्रोतका अनुसार लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको हो ।

प्रहरीका अनुसार १५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको प्रहरीले जानकारी दिए ।

ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीले जानकारी दिए । ढुंगामाटोको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु