हिमाल आरोहणका लागि बहराइनका राजकुमार काठमाडौँमा
काठमाडौ, ३१ भदौ । हिमाल आरोहणका लागि बहराइनइनका राजकुमार नासिर बिन हामिद अल खलीफा नेपाल आउनुभएको छ । खुम्बु क्षेत्रको लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार खलीफासहित १८ जनाको टोली आज काठमाडौँ आइपुगेको हो ।