२ बैशाख २०८३, बुधबार
खेलकुद

क्यानडालाई हराउँदै नेपाल विश्वकपमा छनोट, करण बने हिरो

२ फागुन, काठमाण्डौ । विश्वकप डिभिजन टूमा क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । नेपालको जितमा करण केसी नायक बने । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो ।