२१ बैशाख २०८१, शुक्रबार
खेलकुद

आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो

७ वैशाख, इलाम । बिहीबारबाट सुरु भएको चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्याली फुटबल क्लब इलामले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा कास्की ११ लाई ३–२ को गोलअन्तरले पराजित गर्दै इलामले क्वार्टरफाइनलको स्थान तय गरेको हो ।