उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे संक्रमितको खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)
काठमाडौं, कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) संक्रमितले आफ्नो उपचार गर्न सक्दिनँ भन्ने स्वघोषणा गरे खर्च सरकारले बेहोर्ने बताएका छन् । आज शुक्रबार बेलुकी देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले महामारीमा जनताको जीवन रक्षा नै सरकारको पहिलो