८ बैशाख २०८१, शनिबार
धर्म-संस्कृति

आज दशैंको पाँचौं दिन, स्कन्दमाता देवीको पूजा आराधना गरिदै

काठमाडौं । आज नवरात्र वा दशैंको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।