३० असार २०८३, मंगलबार
राजनीति

प्रतिनिधिसभाको उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुख पदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि उम्मेदवारी दिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल जारी रहेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने अझसम्म टुंगो लागिसकेको छैन