उपराष्ट्रपतिमा जसपाका यादवको उम्मेदवारी कायमै रहने
काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । यादवविरुद्ध परेको उजुरी खारेज गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको कायम गर्ने निर्णय गरेको हो ।