बाढीपहिरो पीडितलाई राहत माग
२९ साउन, काठमाडौँ । सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कष्टकर जीवनयापन गर्नुपरेको भए पनि ध्यान नदिइएकामा गुनासो गर्नुभयो ।