१४ चैत्र २०८२, शनिबार
राजनीति

सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनुपर्छ : नेता खाँण

म्याग्दी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सर्वोच्च अदालतबाट संविधानको संरक्षण हुनेमा आफू विश्वस्त रहेकोे बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा आज नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले संविधान विपरीत गरिएको प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले जनताको