२३ बैशाख २०८१, आइतबार
समाचार

त्रिचन्द्रमा नेविसंघले राष्ट्रपतिको पुतला जलाउन खोजेपछि झडप

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र कलेजमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाउन खोजेएपछि तनाव उत्पन्न भएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो