१९ फागुन, काठमाण्डाै । परीक्षा नियन्त्रण कार्यालयले चैत्र दोस्रो साता लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ पाठ्यक्रमका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् । गत वर्षदेखि लागू नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत्र ८ देखि परीक्षा लिन लागेको हो ।