मनमोहन मेमोरियल क्रिकेट वैशाख दोस्रो साता हुने
२९ चैत, काठमाण्डौ । मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता वैशाखको दोस्रो साता हुने भएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार पत्रकार सम्मेलन गरेर वैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता हुने जानकारी दिएको