बाँके जिल्ला अदालतद्वारा ५ जनालाई सर्वश्वसहित जन्मकैदको सजाय
१२ वैशाख, खजुरा । हत्याको एक अभियुक्तलाई जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका रिगल ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो ।