प्रम ओलीले भने, ‘शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरवाट हट्नुपर्छ’
१९ वैशाख, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर दमकमा साना सहकारी खानेपानी योजनाको उद्घाटन गर्दै शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरवाट हट्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए ।