मुख्यमन्त्रीको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष रावलको आपत्ति
३१ वैशाख, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिनु भएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मुख्यमन्त्री राउतसँग यो अभिव्यक्ति