दुर्घटनामा एक जनाको मृत्यु
१ असोज, ओखलढुङ्गा । उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् । विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिनुभयो ।