मुक्तिनाथबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु
९ मङ्सिर, मुक्तिनाथ । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु गरेको छ । समाजमा लैङ्गिक विभेदकै कारण महिलाप्रति शारीरिक, मानसिक एवं यौनजन्य हिंसात्मक व्यवहार भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दै