५ मङ्सिर, सुर्खेत । नेपाली काङ्गे्रसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गर्नुभएको छ । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले १२ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाउन नसक्नु दुःखद् रहेको बताउनुभएको हो ।