२५ कात्तिक, डोनेस्क, युक्रेन । विद्रोहीको प्रभाव क्षेत्र मानिएको पूर्वी युक्रेनमा आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पश्चिमा मुलुकहरुले युक्रेनी शान्ति वार्तालाई नोक्सान नगर्न मस्कोसँग पटकपटक आग्रह गरे पनि रुसी समर्थक विद्रोहीले चुनाव गराएका हुन् ।