नेकपा बैठक बस्दै
काठमाडौँ, ७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज दिउँसो ३ः०० बजे सचिवालय बैठक बस्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराउनुभयो ।