कारागारको निर्माणाधीन भवन अलपत्र
धम्बोझी, १५ साउन । बाँकेको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ । बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले अलपत्र परेको छ