कक्षा ११ को नतिजा प्रकाशित
७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठमा भएको कक्षा ११ को परीक्षामा देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । अघिल्लो वर्षभन्दा यसवर्ष बोर्डले नतिजा छिटो प्रकाशित गरेको हो