७ भदौ २०८३, आइतबार
समाचार

सुनसरीमा बारीमा कुहिँदै तरकारी

इनरुवा, ५ वैशाख । सुनसरी सदरमुकाम इनरुवा-२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती गर्नुभएको छ । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख ऋण लिएर उहाँले तरकारी खेती गर्नुभएको हो ।