७ भदौ २०८३, आइतबार
समाचार

मनास्लु संरक्षण क्षेत्रमा लोपोन्मुख गिद्ध भेटियो

गोरखा, ११ वैशाख । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पर्ने चुमनुव्री गाउँपालिका–३ सिर्दिवास नाक्चेतमा लोपोन्मुख गिद्ध भेटिएको छ । एक स्थानीयवासीको घरमा बिरामी अवस्थामा गिद्ध फेला परेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिनुभयो ।