काठमाडौँ, ९ जेठ । कोरोना भाइरसको सङ्क्रमण फेरि ३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार २ पुरुष र १ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो