२१ जेठ, अफगानिस्तान । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान विद्रोहीको अहिले पनि अल कायदा नामक संस्थासँग सम्बन्ध रहेको पाइएको छ । सो जानकारी संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा दिएको छ । मंगलबार जारी गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको हो