कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल
काठमाडौं । देशमा कोरोना कहर चाप बढिरहँदा सेयर बजारमा भने उछाल आएको छ ।निषेधाज्ञाका कारण देशका अधिकांश जिल्लामा व्यापार–व्यवसाय ठप्पप्राय हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा तानिएको छ । जसका कारण सेयर बजारमा हरियाली छाउनुका साथै नयाँ रेकर्डसमेत बनेको छ ।