१३ आश्विन २०८३, मंगलबार
समाचार

दुर्घटनामा महिलाको मृत्यु

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।