समाचार

  • junge-pillar

    नेपाल भारत सीमाना छुट्याउने ११ सय सीमास्तम्भ बेपत्ता

    २९ वैशाख, काठमाडौं । नेपाल भारत सीमाना छुट्याउने १ हजार १ सय सीमास्तम्भ (जंगेपिल्लर) बेपत्ता भएका छन् । भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण, बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको आजको कारोबार दैनिकमा समाचार छ । नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ […]

  • बैंकहरु भन्छन् प्रमाणपत्र राखेर ऋण दिन मिल्दैन

    २८ वैशाख, काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लिखित ‘शैक्षिक प्रमाणपत्र राखेर ऋण दिइने’ कार्यक्रम सुन्दा लोकप्रिय लागेपनि कानुनी र प्राविधिक रुपमा सम्भव नहुने सरोकार पक्षले औँल्याएका छन् । सरकारको नयाँ कार्यक्रमबारे टिप्पणी गर्दै बैंकरहरुले त्यसरी ऋण उपलब्ध गराउन नसकिने प्रस्ट पारेको आजको नागरिक दैनिकमा समाचार छ । प्रमाणपत्रका आधारमा ऋण लगानी […]

  • Panama-Paper

    पानामा पेपर्समा सात नेपालीको नाम सार्वजनिक

    २८ वैशाख, काठमाडौं । विश्वका धनी र शक्तिशाली व्यक्तिहरुको पोल खेल्ने पानामा पेपर्समा रहेका सात नेपालीको नाम सार्वजनिक भएको छ । ट्याक्स हेभन भनिने ब्रिटिस भर्जिन आइल्याण्ड, पानामा लगागयतका देशमा छायाा कम्पनी मार्फत गरेको लगानीबारे खुलासा गर्ने पानामा पेपरको पूर्ण दस्ताबेज सोमबार आईसीजेसीले सार्वजनिक गरेको हो । जसमा सात नेपालीको नाम छ । जसमा उपेन्द्र […]

  • biddha-devi-bhandari

    मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको घोषणा

    काठमाडौं– । सरकारले यही मंसिर भित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ। आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेकी हुन् १४ वर्षसम्म निर्वाचन हुन नसक्दा स्थानीय निकाय जनप्रतिनिधिविहीन छन्। ‘१४ वर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन संविधानको संक्रमणकालीन व्यवस्था अनुसार मंसिरमा स्थानीय निकायको निर्वाचन […]

  • Say no to Migrants: Hungary

    ‘विदेशीलाई ठाउँ छैन हंगेरीमा, फर्क जाऊ’

    हंगेरीको दक्षिणपन्थी पार्टी जोविकका समर्थकहरु कर्मेन्ड सहरमा रहेको अस्थायी आप्रवासी शिविर बन्द गर्न माग गर्दै । तस्बिरः एजेन्सी

  • Nepal Budget 2016

    कस्तो हुनुपर्छ अबको बजेट- संसदमा दन्तबझान

    काठमाडौं, २४ वैशाख । नेपालको संविधान जारी भएपछि पहिलो पटक आउन लागेको बजेटले समाजका सबै तह र तप्कालाई समेट्न सक्नुपर्नेमा जोड दिइएको छ । आव २०७३/७४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा व्यवस्थापिका-संसद्मा भएको छलफलमा भाग लिने अधिकांश सांसदले मुलुक नयाँ राजनीतिक प्रणालीका साथ नयाँ परिवेशमा अघि बढिरहेको अवस्थामा पुरानै ढर्राबाट बजेट ल्याउन खोजियो […]

  • Samsad

    मधेसी मोर्चाद्वारा संसद बहिस्कार

    काठमाडौं–व्यवस्थापिका संसदको शुक्राबारको बैठक मधेसी मोर्चा आबद्ध दललले बहिष्कार गरेका छन्। आफ्नो मागप्रति राज्य उदासिन भएको भन्दै मोर्चा आबद्ध दलले संसद बैठक बहिष्कार गरेका हुन्। बैठकको सुरुमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले आफ्नो धारणा राखेपछि मधेसी मोर्चा आबद्ध दलले बैठक बहिष्कार गरेका हुन्। बैठकमा बोल्दै राईले मधेसी मोर्चाको मागप्रति सरकार उदासिन […]

  • republician

    केसिकद्वारा राष्ट्रपतीय अभियान परित्याग

    अमेरिकामा रिपब्लिकन पार्टीकोतर्फबाट राष्ट्रपति पद लड्ने आकांक्षा राखेका ओहायोका गभर्नर जन केसिकले उक्त दौड परित्याग गरेका छन्। टेड क्रुज बाहिरिएपछि आएको उक्त घोषणापछि रिपब्लिकन पार्टीमा राष्ट्रपति पदको दौडमा अब डोनाल्ड ट्रम्पमात्रै छन्। केसिकले आफ्नो गृहराज्यमा मात्रै प्राइमरी भनिने पार्टीगत चुनाव जितेका थिए तर उनले जुलाईमा हुने रिपब्लिकन अधिवेशनमा आफ्नो उम्मेदवारीका लागि पहल गर्ने अपेक्षा गरेका […]

  • earthquake wave

    कालिकोट केन्द्र बिन्दु बनाएर नयाँ भूकम्प

    २२ वैशाख ,काठमाडौ । कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ बजेर १७ मिनेटमा कालिकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । यो भूकम्प गएको वर्षको गोरखाको बारपाक केन्द्रविन्दु भइ आएको भुकम्प को पराकम्प नभइ नया भुकम्प भएको जनाइएको छ ।

  • homework

    होमवर्कमा आफै पिता आफै छोरा बने आर्यन

    आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘होमवर्क’ जेठ ७ गतेबाट रिलिज हुँदैछ, जीवनको जुनसुकै उमेरमा पनि होमवर्क गर्नुपर्ने बिषयलाई उठान गरेको छ । कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले दोहोरो भूमिका गर्दा केही अप्ठ्यारो भएको बताए । उनले बाबु र छोरा छिनछिनमै बन्नुपर्ने र त्यसका लागि गेटअप परिवर्तन गर्दा गाह्रो भएको बताए […]

  • diversity visa

    डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

    काठमाडौं— अमेरिका स्थायी बसोबासका लागि सबैभन्दा सजिलो उपाय मानिएको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०१७ को नतिजा सार्वजनिक भएको छ। सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी कार्यक्रमअन्तर्गत फर्म भरेकाहरुको डिभी चिठ्ठा नतिजा युएस डिपार्टमेन्ट अफ स्टेटको काउन्सुलर अफेयर्सले सार्वजनिक गरेको हो। यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी […]

  • sindicate

    सिण्डिकेटकाे विराेध गर्ने स्थानीय कुटिए प्रहरी चौकी तोडफोड

    वैशाख २१, २०७३- सिन्डिकेट पक्षधर यातायात व्यवासयी समिति गोरखा ठूला राजनितिक दल र प्रहरी प्रशासनको संरक्षणमा झडप, तोडफोड र आक्रमणमा उत्रनथालेपछि जिल्लामा तनाव बढेको छ । मंगलबार जंगलमा लुकेर बसेका समितिका व्यवासयीहरु र आरुघाट यातायात प्रालिका व्यवसायीबीच तान्द्राङ– २ मा झडप भएको छ । झडपले उग्र रुप लिएपछि आरुघाटका बासिन्दा र प्रहरीसमेत घाईते भएका छन् […]

  • चन्द निकट विद्यार्थी संगठनकाे अाह्वानमा शैक्षिक संस्था बन्द

    काठमाडौँ-यहाँका सामुदायिक तथा निजी शैक्षिक संस्था आज बन्द गरिएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो। यही वैशाख १५ गते काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्करप्रसाद गौतममाथि कालोमोसो दलेर दुव्र्यवहार गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई […]

  • आगलागी पीडितलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ, वैशाख २० – मन्त्रिपरिषद्को सोमबारको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल ९२६ गेजको० जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मंसिर १ गतेपछिका आगलागीपीडितलाई यो राहत दिने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । बैठकपछि उद्योगमन्त्री सोमप्रसाद […]

  • wizard blame

    बोक्सो आरोपमा जिउँदै खाल्डोमा पुरेर मारियो

    यार्सा–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सो आरोपमा १५ दिनअघि जिउँदै पुरेर हत्या गरिएको खुलेको छ। हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचरा छ। घोर्मुकै कान्छा शेर्पा थिङ र ल्वाङ बुटी तामाङ तथा भोर्ले–२ का साहिला थिङ भनिने छेनुर्बु तामाङलाई पक्राउ गरेको रसुवाका प्रहरी प्रमुख अवधेश विष्टले जानकारी दिए। ‘तुलुलाई पहिलेदेखि मार्ने […]