जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु
१५ जेठ, डडेल्धुरा । आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष प्रेम बोहरासहितको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।