शिवपार्वती सिद्धधामलाई पर्यटकीय क्षेत्र बनाइँदै
२० फागुन, परासी । धार्मिक महत्व भएर पनि वर्षाैंदेखि ओझेलमा रहेको शिवपार्वती सिद्धधाम (लोहरौली)लाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–४ लोहरौलीमा अवस्थित उक्त धामलाई गाउँपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गर्न लागेको हो । हिन्दू धर्मावलम्बीको