१३ असार, काठमाडौं । लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ । मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् ।