रवि लामिछानेको जीवन रक्षाको माग गर्दै रास्वपाले दियो आयोगमा निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको जीवन रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । रास्वपाले लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा व्यक्तिगत मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको हो ।