१२ कार्तिक २०८३, बिहिबार

रवि लामिछानेले सिंहदरबारमा भेटे सभामुख अर्याललाई


रवि लामिछानेले सिंहदरबारमा भेटे सभामुख अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । आज बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा अर्याल र लामिछानेबीच भेटवार्ता भएको हो ।

सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको सभामुखको सचिवालयले जनाएको छ ।

सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच हिजो बुधबार भेटवार्ता भएको थियो । त्यसको भोलिपल्टै लामिछानेले सभामुख भेटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !