२२ बैशाख २०८१, शनिबार
मुख्य समाचार

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवरभवानी मन्दिर

राँझा, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित ऐतिहासिक भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । भुवरभवानी मन्दिरमा पर्यटन प्रवद्र्धन गर्दै जिल्लाकै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफुहरु लागिपरेको राप्ती सोनारी–३ बैजापुरका अगुवा प्रेमराज श्रेष्ठले बताए ।