१२ आश्विन २०८१, शनिबार
मुख्य समाचार

‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, १३ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । अहिलेसम्म कोभिड–१९ को सङ्क्रमण रोक्न यस्तो कार्ड नबनेकाले त्यसको प्रयोग नगर्न मन्त्रालयले सबैमा आग्रह गरेको हो